प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं  -सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।

गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

प्रकाशित मिति : आइतबार, साउन ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij