मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बुधबार (आज) बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको सत्तारुढ कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकपछि खड्काले भने— ‘मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेलगायतका विषयमा छलफल भयो, निष्कर्ष भने निस्किएन । अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा पनि बैठकले गर्यो ।’

यस्तै बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ । ५ दलको गठबन्धनबाट बनेको सरकारमा अहिलेसम्म कांग्रेस र माओवादी मात्रै सहभागी छन् । अब उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा), नेपाल चाँडै सरकारमा सहभागी हुँदैछ । नेता रामसहाय प्रसाद यादवले मकालुखबरसँग भने— ‘अब निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिएपछि त सरकारमा जाने कुरा त छँदैछ । तर, कहिलेसम्म जाने भन्नेबारे भने निष्कर्ष निस्किसकेको छैन । सायद चाँडै हामी पनि सरकारमा जाँदैछौँ ।’

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल, विपक्षी एमालेबाट डा. विजय पौडेललगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij