सिद्धबाबा सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु , २ जना घाइते

सिद्धबाबा सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु , २ जना घाइते

बुटवल – सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा अगाडि हेडबक्स नजिँकै पहिरोले बलेरो गाडी पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जिप हेडवर्क्समा पुग्दा गाडिमाथि पहिरो खसेको थियो ।

सोमबार साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका चालकको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । मृतकका आफन्तलाई बोलाएर सनाखत गर्ने काम भइरहेको पाण्डेले बताए । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको पाण्डेले बताए ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij