काठमाडौं : देशभर पछिल्लो समय थप चार हजार एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार बुधबार १६ हजार दुई सय ९८ जनामा कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। त्यस्तै एक हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन्।
काठमाडौंमा ९ सय ८, भक्तपुरमा दुई सय ६ र ललितपुरमा एक सय ६५ गरी उपत्यकाभित्र कुल १२ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्