साउनमा संक्रमणदर बढ्ने सरकारको प्रक्षेपण, पाँच महिनामा झण्डै २ लाख संक्रमित थपिने

साउनमा संक्रमणदर बढ्ने सरकारको प्रक्षेपण, पाँच महिनामा झण्डै २ लाख संक्रमित थपिने

काठमाडौँ – सरकारले साउन महिनामै कोरोना संक्रमणदर चुलिने प्रक्षेपण गरेको छ । संसदीय समितिमा स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रक्षेपणअनुसार साउन महिनामा कोरोना संक्रमणदर धेरै रहने र त्यसपछि बिस्तारै घट्दै जाने उल्लेख गरिएको छ ।

प्रक्षेपणअनुसार अबको पाँच महिनामा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार नाघ्नेछ ।

प्रक्षेपण प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले ५ महिनामा १ लाख ९३ हजार ८५६ जना कोरोना संक्रमित थपिने अनुमान गरिएको जानकारी दिए ।

साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना कोरोना संक्रमित थपिने अनुमान गरिएको उनले जानकारी दिए ।

उनीहरूमध्ये ९ हजार ६९३ जना गम्भीर बिरामी हुने र उनीहरूलाई सघन उपचार र ३८ हजार ७७१ जनालाई उपचार आवश्यक पर्ने प्रक्षेपण गरी त्यसैअनुसार तयारी अघि बढाइएको प्रमुख डा. लोहनीले जानकारी दिए ।

No description available.

प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij