JanataToday.com

Advertisment

SKIP THIS

आज समापन हुँदै टोक्यो ओलम्पिक

आज समापन हुँदै टोक्यो ओलम्पिक

काठमाडाैँ – गत २३ जुलाईदेखि जापानको टोकियोमा जारी गृष्मकालिन ओलम्पिकको आज औपचारीक समापन हुँदै छ । समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ मा सुरु हुने छ ।

टोक्यो ओलम्पिकमा विभिन्न ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन आज ८ स्वर्ण पदकको छिनोफानो हुँदै छ । यो ओलम्पिकमा ५ ओटा नयाँ खेल थपिएको थियो । जसमा सफ्ट बल, कराते, सरफिङ, स्केटबोर्डिङ र क्लाम्बिङ रहेका थिए ।

अहिलेसम्म चीन ३८ स्वर्णका साथ शिर्ष स्थानमा रहँदा अमेरिका ३६ स्वर्णसहित दोस्रो तथा जापान २७ स्वर्ण सहित तेस्रो स्थानमा छन् । त्यस्तै रसियन ओलम्पिक कमीटीले २७ स्वर्ण जित्नदा ग्रेट बृटेनले २० तथा अस्ट्रेलियाले १७ स्वर्ण जित्न सफल भए । त्यस्तै नेदरल्यान्ड, जर्मनी र इटालिले समान १० स्वर्ण जितेका छन् । अन्य देशले भने दोहोरो अंककमा स्वर्ण जित्न सकेका छैनन् ।

आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन् । आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ । त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् । थप स्वर्णको छिनोफानो हुने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : आइतबार, साउन २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij