भूमि आयोग विघटनको निर्णय तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

भूमि आयोग विघटनको निर्णय तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

काठमाडौँ – सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले  अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि भदौ १ गतेसम्मका लागि पेशी तोकेको छ ।

‘मिति २०७८/०५/०१ गतेसम्म विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगका काम कारबाहीसम्बन्धी अभिलेख भौतिक स्रोत‚साधनलगायतका व्यवस्थापनसम्बन्धी कुराहरू अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ‚’ आदेशमा भनिएको छ ।

आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै इजलासले अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि सरकार पक्षलाई अदालत बोलाएको छ ।

प्रकाशित मिति : सोमबार, साउन २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij