काठमाडौँ – काठमाडौँको ठमेलमा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूकाे भेला सकिएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिहरूको भेलाले चारवटा निष्कर्ष निकालेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
भेलाले क्रियाशील सदस्यता चाँडाे टुङ्गो लगाउने, नयाँ कार्यतालिका ल्याएर भ्याउने अवस्था रहे नियमित महाधिवेशन गर्ने, नियमित महाधिवेशन हुन नसके ०१४ सालकाे नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
भेलाले विद्यार्थी र शिक्षकलाई अविलम्ब खाेप र पठनपाठन सुचारू गरउन र सबै खालका भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीशकाे संयाेजकत्वमा स्वतन्त्र छानबिन आयाेग गठन गर्न सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्