लुम्बिनीमा केसी नेतृत्वको सरकारमा ६ सदस्यीय मन्त्रिमण्डल बन्दै

लुम्बिनीमा केसी नेतृत्वको सरकारमा ६ सदस्यीय मन्त्रिमण्डल बन्दै

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका ३ दलबाट र एक स्वतन्त्र गरी छ जना मन्त्री बन्ने भएका छन्।

कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बन्ने पक्का भएको माओवादी नेता सुदर्शन बरालले जानकारी दिए। यस्तै जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बन्ने भएका छन्। स्वतन्त्रबाट अजय शाही भन्त्री हुने भएका छन् ।

चौधरी ग्रामीण तथा शहरी विकास, यादव भौतिक पूर्वाधारमन्त्री हुदैछन्। अरू भने विनाबिभागीय हुन्। मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भईसकेका छन्।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरे।

नवनियुक्त मुख्यमन्त्रीको आजै केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम हुँदैछ।

प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij