बुटवल
लुम्बिनी प्रदेश नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुख कार्यालयमा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
केसी ४ दलीय गठबन्धनको सरकारमा मुख्यमन्त्री बनेका छन् ।रोल्पाको निर्वाचन क्षेत्र नम्बर १९१० बाट प्रत्यक्ष निर्वाचित केसी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।
माओवादी केन्द्र र एमाले अलग–अलग भएपछि उनले वैशाख ६ गते राजीनामा दिएर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका उनी लुम्बिनी प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता हुन् ।
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्