काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार पाँच सय ६५ जनाको पीसीआर र ६ हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा परीक्षणकाे १८ दशमलव पाँच प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १४ हजार एक सय २७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।
यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ५४ पुगेको छ ।
अहिले नेपालमा ३९ हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमति छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९० जनाको आईसीयू र एक सय ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्