काठमाडौं – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेताहरुको कार्यविभाजनको टुंगो आइतबार लाग्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो (शनिबार) बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायत काम टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।
आज (आइतबार) बिहान ११ बजे बस्ने बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।
राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नवीकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हिजोको बैठकमा छलफल भएको थियो ।
निर्वाचन आयोगले निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने प्रवक्ता श्रेष्ठले बताए । निर्वाचन निर्देशिका तल पठाउनेबारे पनि आजको बैठकले थप निर्णय गर्नेछ ।
प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्