काठमाडाैं – नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनशन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो नेता प्रकाशमान सिंहले जानकारी दिए ।
सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आज आफूनिकटका नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेका थिए ।
देशभरका ६ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले बैठकपछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ ।
जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यहरुको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक-दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसारै हुने गरी जिल्ला सभापतिको उम्मेद्वार बन्न पाइनेछ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन् भन्ने विषयमा सहति जुटेको सिंहले बताए ।
साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहनसमेत आग्रह गरेका छन् ।
प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्