काठमाडौं – पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
आइतबार थपिएसँ२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९९ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धैरै काठमाडौंमा ३१२, कास्कीमा १७५, ललितपुरमा ११४, मोरङमा ११० र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेपलाञ्चोकमा ५३, भक्तपुरमा ५२, झापामा ४८, सिन्धुपाल्चोकमा २८, बागलुङमा २४, रुपन्देहीमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
पाँचथरमा १८, पर्वत र म्याग्दीमा १७/१७ जना, लमजुङमा १६, स्याङजामा १४ र सुर्खेतमा १३ जान कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्