बुटवल – लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन्।
यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा. दामोदर भुसाललाई नियुक्त गरिएको छ । यादव कपिलवस्तुका हुन् भने भुसाल गुल्मीका हुन् । पाँच सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।
प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्