वाइसिएलले अध्यक्षविना केन्द्रीय समिति घोषणा गर्ने

वाइसिएलले अध्यक्षविना केन्द्रीय समिति घोषणा गर्ने

काठमाडौं -माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।

राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।

सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए । ‘छलफलमा अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भयो,’ वाइसिएलका एक नेताले भने, ‘पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने त्यो केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।’

नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij