प्रधानमन्त्रीले भदौ २२ पछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने

प्रधानमन्त्रीले भदौ २२ पछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने

काठमाडौं ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अझै एक साता मन्त्रिमण्डल विस्तार नगर्ने संकेत गरेका छन्।
बालुवाटारमा सत्तारूढ गठबन्धनका दलका शीर्ष नेताहरू मन्त्रिमण्डल विस्तार लगायतका विषयमा दिनहुँजसो छलफल गरे पनि कुरा मिल्न सकेको छैन।
गठबन्धनका दलले कसले कति र कुन मन्त्रालय पाउने भन्ने अझै निश्चित भइसकेको छैन। यसबारे फेरि पनि गठबन्धन बैठक गरेर निर्णयमा पुग्ने भन्दै आज बालुवाटारमा बसेको बैठक सकिएको थियो। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि भदौ २२ गतेसम्म कुर्ने कांग्रेसका नेताहरू बताउँछन्।
माधवकुमार नेपाल अध्यक्ष रहेको नवगठित नेकपा एकीकृत समाजवादी मा जाने वा नजाने भदौ २२ गतेसम्म निर्णय गर्न निर्वाचन आयोगले प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई समय दिएको छ।
निर्वाचन आयोगले दिएको उक्त समय कटाएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने पक्षमा प्रधानमन्त्री देउवा छन्। प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद विस्तार नहुने कुरा वरिष्ठ नेता पौडेललाई बताएका छन्।

बोहराटारस्थित पौडेल निवासमा मन्त्रिमण्डल विस्तार हुँदा आफ्ना पक्षबाट क(कसलाई मन्त्री पठाउने र १४ औं महाधिवेशनमा को सभापतिको उम्मेदवार बन्ने भन्ने एजेन्डामाथि छलफल भएको थियो। छलफलमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिमण्डल विस्तार नगर्ने विषयमा कुराकानी गरेको ब्रिफिङ गरेका थिए। उक्त छलफलमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीले मन्त्रिमण्डल विस्तार गर्दा को(को मन्त्री हुने र सभापति पदमा उठ्ने व्यक्तिबारे छलफल गरिएको बताए।

प्रधानमन्त्री देउवाले भदौ २२ गतेभन्दा अगाडि मन्त्रिमण्डल विस्तार नगर्ने जानकारी आएकोले मन्त्री क कसलाई बनाउने भन्नेबारे भने आज गहिरो गरी छलफल नभएको केसी बताउँछन्। ‘भदौ २२ गतेभन्दा यता मन्त्रिमण्डल विस्तार हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको रहेछ,’ केसीले भने, ‘माधव नेपाल पक्षलाई निर्वाचन आयोगले दिएको २१ दिन भदौ २२ मा सकिएपछि मात्रै क्याबिनेछ विस्तारको तयारी रहेछ, तत्काल क्याबिनेट विस्तार नहुने भन्ने जवाफ आएकोले आज हामीले मन्त्री बनाउने विषयमा विषय प्रवेश मात्रै गरियो, थप छलफल अगाडि बढेन।’

पौडेल पक्षले भदौ १८ गते हुने वडा अधिवेशनअगाडि नै सभापतिमा आफ्नो टिमबाट सर्वसम्मत उम्मेदवार बनाउने तयारी गरेको छ। ‘सभापतिका आकांक्षीहरू उम्मेदवारहरूको बीचमा सहमति गराएर टिम दिने विषयमा आज छलफल गरियो,’ उनले भने, ‘भोलि दिउँसो २ बजे पनि बैठक बस्छौं, थप छलफल हुन्छ।’ सभापतिमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन्। उनीहरूबीच सहमति जुटाएर एक जना सभापतिको उम्मेदवार बनाउने तयारी छ। ‘सम्भव भएसम्म भदौ १८ भित्रै सभापतिको उम्मेदवार तय गर्छौं र प्यानल नै बनाउने र अहिले सम्भव नभए हाम्रो टिम एक छ भन्ने गरी सन्देश दिन्छौं,’ केसीले भने।

प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij