काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४औं महाधिवेशनमा एउटै उम्मेदवार तय गरेर अगाडि जाने बताएका छन् । बिहीबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘कुनै खटपटबिना एकताबद्ध बनेर जान चाहेका छौँ,’ नेता पौडेलले भने, ‘हामी सबैजना साथीहरुलाई के भन्न चाहन्छौँ भने तपाईंहरु आश्वस्त रहनुस् । हामी उम्मेदवार छान्दा सहमति गरेर एउटै एउटै उम्मेदवार छान्न कोसिस गर्नेछौँ ।’
नभए पनि विचार मिल्नेहरुको एउटै उम्मेदवार हुने नेता पौडेलले दाबी गरे । ‘सके सिङ्गा कांग्रेसबाटै एउटा उम्मेदवार बनाउनेछौँ,’ नेता पौडेलले भने, ‘नभएपनि विचार मिल्नेहरुसँग एकताबद्ध हुनेगरी उम्मेदवार उठाउँछौँ ।’
यस्तै नेता पौडेलले नेपालको संविधानले जनता, देश र लोकतन्त्रका लागि सुन्दर परिकल्पना गरेपनि नेताहरुको प्रवृत्तिका कारण त्यसो हुन नसकेको बताए । ‘नेपालको संविधानले जनताका लागि सुन्दर परिकल्पना गरेको छ,’ नेता पौडेलले भने, ‘तर नेताहरुको प्रवृत्तिले गर्दा पटक–पटक व्यवस्था नै परिवर्तन हुँदा चुनौतीहरु थपिए ।’
नेपाली समाजलाई लोकतान्त्रिकरण गर्नु कांग्रेसको मुख्य जोड भएको नेता पौडेलको भनाइ छ । ‘तर, हाम्रो पार्टी नै लोकतान्त्रिकरण हुन सकिरहेको छैन,’ नेता पौडेलले भने, ‘हामी त्यसकै लागि लडिरहेका छौँ ।’
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्