काठमाण्डाै – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा एकलौटी रुपमा अघि बढ्दा संसद बैठकमा नहुन पर्ने गतिविधि हुन थालेको जनाएको छ ।
प्रतिपक्षी तथा संसदको सबैभन्दा ठूलो दलसमेत रहेको एमालेसँग कुनै छलफल नै नगरि अघि बढ्दा समस्या निस्किएको एमालेको ठहर छ।
स्थायी कमिटीको बैठकपछि एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले फुटाउन भूमिका खेलेको आरोप लागेपछि सभामुखले चित्तबुझ्दो जवाफ दिएर संसद चल्ने अवस्था बनाउनुपर्नेमा पेलेर अघि बढ्नु आपत्तिजनक विषय भएको बताउनुभयो ।
सभामुख संसदको नेता हुनुपर्नेमा उहाँ सत्तापक्षको मात्रै नेताको रुपमा प्रस्तुत भएकाले एमालेका सांसदहरु आक्रोशित हुनु स्वाभाविक भएको भट्टराईको भनाइ छ।
कार्यव्यवस्था परामर्श समितिको बैठक पनि नबस्ने र संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिइनु गम्भीर आपत्तिको विषय भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो। यसैबीच, एमाले स्थायी कमिटीको बैठक आजै दिउँसो साढे ३ बजे बस्ने गरी स्थगित भएको छ।
विधान महाधिवेशनका विविध विषय टुङ्गो लगाउन बिहान बसेको बैठक केहीबेर बसेर स्थगित भएको छ ।
केहीबेरमा बस्ने बैठकले विधान महाधिवेशनको विधान, अधिवेशनमा सहभागी प्रतिनिधि र व्यवस्थापन लगायतका विषय टुङ्गो लगाउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्