काठमाडौं -नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने देउवाको सचिवालयले जनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाइएको हो ।
प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन् । सत्तापक्ष गठबन्धनका नेताहरूले पनि देउवाको प्रस्तावमा सहमति जनाएका छन् । उनले आजै शपथ लिने बताइएको छ ।
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्