काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ ।
अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको छ । उसको १२ अंक छ । समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ । यसअघि गएराति भएको खेलमा राजस्थान रोयलले पन्जाब किङ्सलाई दुई रनले हराएको छ ।
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्