काठमाडौं – प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो अवरोध कायमै राखेको छ । एमालेले १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले सूचना टाँसको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।
बिहीवारको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैर सांसदलाई प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नाराबाजी सहित संसद अवरोधलाई कायम राखेको हो । प्रतिनिधि सभाको आगामी बैठक असोज ११ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्