JanataToday.com

Advertisment

SKIP THIS

निर्यात व्यापार ११५ प्रतिशतले बढ्याे

निर्यात व्यापार ११५ प्रतिशतले बढ्याे

काठमाडौं – मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले आज (बिहिबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी पहिलो महिनाको प्रतिवेदन अनुसार चालुु आर्थिक वर्ष २०७८–०७९ को पहिलो महिनामा कुल वस्तु निर्यात एक सय १५ दसमलव नौँ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः एक सय ६७ प्रतिशत, ४७ दशमलव ८ प्रतिशत र १७ दशमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेपनि अलैँची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार चालुु आवको पहिलो महिनामा कुल वस्तु आयात ७५ दशमलव सात प्रतिशतले बढेर एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८ दशमलव सात प्रतिशत, ८७ दशमलव छ प्रतिशत र एक सय २० दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको भएपनि रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।
प्रतिवेदन अनुसार चालु आवको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७० दशमलव छ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दशमलव दुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव दुई प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो, प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij