काँग्रेस चुनाव : बुटवल उपमहानगरमा रिता केसीको प्यानल घोषणा

काँग्रेस चुनाव : बुटवल उपमहानगरमा रिता केसीको प्यानल घोषणा

बुटवल
अशोज ९ गते हुन गइरहेको काँग्रेसको नगर अधिवेशनकालागि बुटवल उपमहानगरपालिकामा रिता केसीको नेतृत्वमा प्यानल घोषणा भएको छ । केसीको नेतृत्वको प्यानलमा उपसभापती नरबहादुर रजाली र हरीलाल सुनार,सचिवमा जयप्रकाश भट्टराइ र सन्तोष पौडेल र सहसचिवमा सुदन बास्कोटा र गणेस घिमिरेले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
केसीको प्यानल संस्थापन पक्षको मानिन्छ । आज उम्मेदवारी घोषणा गर्दै नगरसभापतीका उम्मेद्वार केसीले अग्रजलाइ सम्मान, युवालाइ अवसर र भातृ संस्थाहरुलाइ प्रोत्साहन गर्दै पार्टीलाइ अझ सशक्त बनाएर लैजाने प्रतिवद्धता जनाउनु भयो । उम्मेदवार घोषणा सभाको अध्यक्षता गर्नुभएका नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरीले सहमतीको प्रयास असफल भएपछि केसीको नेतृत्वमा प्यानल घोषणा गरेर अगाडी बढेको बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij