नेपाली काँग्रेसको १४ औं महाधिवेशन :बुटवलमा ५४५ मत खस्यो

नेपाली काँग्रेसको १४ औं महाधिवेशन :बुटवलमा ५४५ मत खस्यो

बुटवल -नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवलमा भएको नगरको मतदानमा ५४५ मत खसेको छ । ५६९ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ५४५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।अबको केहि समयमा मुचुल्का र प्रकृया पुर्याएर मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिए । महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका पालिकाहरुमा अधिवेशन अन्तरगत नया नेतृत्व चयनका लागि मतदान भएको हो ।बुटवल उपमहानगरपालिकाको मतदान सिद्धेश्वरी माध्यमिक बिद्यालयमा भएको थियो । मतदान दिउँसो साढे २ ः १७ बजेबाट सुरु भएको हो । पहिलो मतदाताका रुपमा नगर सभापतिका प्रत्यासी खेलराज पाण्डेले मतदान गनुैभयो भने दोस्रो मतदान अर्का प्रत्यासी रिता केसीले गरिन् । पाण्डे प्यानलबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अरगेली र पुरुषोत्तम खनाल उम्मेदवार छन् । यसैगरी केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरेले उम्मेदबार छन् । बुटवलमा ५४५ क्षेत्रीय प्रतिनिधिले मतदान गरेको नगर सहसचिव गोपाल पाण्डेले जानकारी दिए । रुपन्देही जिल्लाका १६ वटा पालिकाहरुमा निर्वाचनको काम अगाडी बढेको रुपन्देही जिल्लामा खटिनु भएका जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । उता नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनको अन्तरगत सैनामैना नगरमा मतदान सकिएको छ । २ सय ४० मतदाता रहेका नगरमा शत प्रतिशत मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । मतगणना राती शुरू हुने निर्वाचन समितिले जनाएको छ । नगरमा दुई प्यानल बनाई चुनावी मैदानमा रहेका छन् । नगर सभापतिको लागि पौडेल पक्षबाट कृष्ण प्रसाद पोख्रेल र देउवा पक्षबाट रण बहादुर खनाल चुनावी मैदानमा उत्रीएका हुन् ।

प्रकाशित मिति : शनिबार, असोज ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij