प्रदेश सरकारद्धारा प्रादेशिक अस्पालमा मे.सु.मा डा ढकाल नियुक्त

प्रदेश सरकारद्धारा प्रादेशिक अस्पालमा मे.सु.मा डा ढकाल नियुक्त

बुटवल,

लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने भएको छ ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका निमित्त मे.सु.मा डा इन्द्र ढकाललाई र कोभिड अस्ताल सञ्चालनका तथा व्यवस्थापन निर्देशकलाई डा. राजेन्द्र ढकाललाई जिम्मेवारी प्रदान गरेको छ । रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकारलाई मन्त्री परिषदको बैठकले सिफारिस गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी गराउनुभयो ।

यस्तै लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने मन्त्री परिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभएको छ ।

यस्तै सरकारका प्रवक्ता कृष्णध्वज खड्काले पत्रकारहरुसँग बोल्दै उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) २०७८ गरी यस भन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैया प्रदान गर्न सकिने गरी संसोधन गरेको छ ।यसैगरी लुम्बिनी प्रदेशमा कानून निर्माण गर्नु पर्ने भएकाले कानून मस्यौदा समिति लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायधिवक्ताको संयोजकत्वमा संयोजकत्वमा कानून मस्यौदा कार्यदलका सदस्य नियुक्त गर्ने निर्णय गर्ने, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८÷०७९ अस्थायी दरवन्दी २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij