काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सिड्नी क्रिकेट मैदानमा हुने खेलमा मेलबर्न पहिलो जितको खोजिमा हुनेछ । यसअघि खेलेको दुबै खेलमा पराजित भएको मेलबर्नको लागि यो खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
यता, घरेलु टोली सिड्नी पनि मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा रहेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो दुई बजे सुरु हुनेछ ।
बिग ब्यासमा आफ्नो डेब्यु खेलमा नै दमदार उपस्थिति जनाएका सन्दीपले आजको खेलमा कति विकेट लिन्छन् ? उनले दुई खेलमा कुल पाँच विकेट लिई सकेका छन् ।
पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए ।
प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्