JanataToday.com

Advertisment

SKIP THIS

भोक र कुपोषणको अन्तर्राष्ट्रिय इन्डेक्स, नेपालको स्थिति कस्तो ?

भोक र कुपोषणको अन्तर्राष्ट्रिय इन्डेक्स, नेपालको स्थिति कस्तो ?

काठमाडौं – भोक र कुपोषणमाथि नजर राख्ने ‘ग्लोबल हंगर इन्डेस्क-२०२१’ को रिपोर्ट सार्वजनिक भएको छ जसमा नेपाल ७६औं स्थानमा छ । यो रिपोर्टमा पाकिस्तान, बंगलादेश तथा नेपालभन्दा पछाडि १०१औं स्थानमा भारत छ । ११६ देशलाई समेटिएको यो सूचीमा पाकिस्तान ९२औं स्थानमा छ भने बंगलादेश नेपालसँगै ७६औं स्थानमा छ ।

ग्लोबल हंगर इन्डेस्क-२०२१ को सूचीमा बढीमा पाँच जीएचआई स्कोर प्राप्त गर्ने चीन, ब्राजिल, कुवेतसमेत १८ देश शीर्ष स्थानमा छन् । ग्लोबल हंगर इन्डेस्कले अलग-अलग देशका मानिसले कस्तो खाने कुरा कति मात्रामा पाउँछन भन्ने कुरा देखाउँछ । यो इन्डेस्क हरेक वर्ष ताजा तथ्यांकका साथ जारी गरिँदै आएको छ ।

के-हो यो इन्डेक्स ?
यो इन्डेस्कमार्फत संसारभर भोकका विरुद्ध चलिरहेको अभियानको उपलब्धि तथा असफलताहरुको मूल्यांकन गरिन्छ र यसलाई आयरल्यान्डको सहायता नियोग कन्सर्न वर्ल्डवाइड तथा जर्मनीको संगठन वेल्ट हंगर हिल्फले संयुक्तरूपमा तयार पार्दै आएका छन् ।

कसरी तय हुन्छ जीएचआई स्कोर ?
जीएचआई स्कोर चार संकेतका आधारमा तय गरिन्छ । यसमा अल्पपोषण, चाइल्ड वेस्टिङ (पाँच वर्षभन्दा कम उमेरका बालबालिका जसको वजन उनीहरुको उचाइका हिसाबले कम छ, ले तीव्र कुपोषण दर्शाउँछ), चाइल्ड स्टन्टिङ (पाँच पाँच वर्षभन्दा कम उमेरका बालबालिका जसको उमेरअनुसार लम्बाइ कम छ ले लामो समयदेखिको कुपोषणलाई दर्शाउँछ) र बाल मृत्युदर (पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर) ।

जीएचआई बढी हुनुको अर्थ सम्बन्धित देशमा भोकको समस्या बढी हुनु हो । यसैगरी यो स्कोर कम हुनुको अर्थ सम्बन्धित देशको स्थिति राम्रो हुनु हो ।

प्रकाशित मिति : शनिबार, असोज ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij