JanataToday.com

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाडौं – तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ ।

फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् । बंगलादेशविरुद्धको खेलमा अञ्जन विष्टले नै बराबरी गोल फर्काएका कारण नेपालले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।

भारत लिग चरणको विजेताको रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेका हुन् । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।

साफमा सर्वाधिक सफल टोली भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ।

प्रकाशित मिति : शनिबार, असोज ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij