काठमाडौँ – सत्तासाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । सोमबार (आज) बिहान बसेको बैठक बिनानिष्कर्ष सकिएको हो ।
आजको बैठकमा आगामी राष्ट्रिय सम्मेलनलाई कसरी चुस्त तरिकाले सम्पन्न गर्ने भन्नेबारे केही छलफल भए पनि निष्कर्षमा नपुगेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसबाहेक अन्य थुप्रै विषयहरूले बैठकमा प्रवेश पाएको प्रवक्ता महराले बताए ।
बैठकमा प्रवेश पाएको सबै विषयहरूमा भोलिको बैठकमा छलफल हुने उनको भनाइ छ । यसपछि बैठक पुनः भोलि बस्ने प्रवक्ता महराले बताए । मंगलबार बिहान ८ बजे बस्नेगरी आजको बैठक सकिएको हो ।
भोलिको बैठकमा आजको बैठकमा प्रवेश पाएको सबै विषयहरूसँगै राष्ट्रिय राजनीतिमा देखिएको समस्या, सरकारको समीक्षालगायतका विषयमा समेत छलफल हुनेछ ।
प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्