नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजारमा झर्‍यो

नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजारमा झर्‍यो

काठमाडौं- नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ मा झरेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ५२३ र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जना गरि कुल ५९१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ५ हजार ५६० र एन्टीजेन विधिबाट ९३ हजार ४३० पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ९३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ । हाल नेपालमा निको हुने दर ९७ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै गत चौबीस घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार २९३ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij