मङ्सिर २१ देखि २३ सम्म काठमाण्डौमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

मङ्सिर २१ देखि २३ सम्म काठमाण्डौमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

sf7df8f}F, % sflQs . /fli6«o k'gMlgdf{0f k|flws/0fn] cfufdL dªl;/ @! b]lv @# ;Dddf sf7df8f}Fdf k'gMlgdf{0f ;DaGwL cGt//fli6«o ;Dd]ng ug]{ af/] hfgsf/L lbFb} k|flws/0fsf k|d'v sfo{sf/L clws[t ;''zLn 1fjnLnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

प्राधिकरणले आउँदाे मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाण्डाैमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइहरू अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने र आउँदा दिनमा नेपाललाई विपदबाट बचाउन नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई अनलाइनमार्फत दर्ता गर्न अनुरोध गरेको छ भने सम्मेलनलाई लक्षित गरी icnr.nra.gov.np वेबसाइट पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij