निजी अस्पतालमा बिरामी नहेर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको घोषणा

निजी अस्पतालमा बिरामी नहेर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको घोषणा

बुटवल – केहि अघि नियुक्त भएका लुम्बिनी प्रदेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले निजी क्लिनिक तथा अस्पतालमा गर्ने चेकजांच छाडेका छन् । उनले अस्पतालको प्रशासनिक जिम्मेबारी लिएसंगै निजी संस्थासंगको सम्वन्ध तोडेको बताएका हुन् । सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकहरुमा वढि समय दिएको आरोप लागिरहेको वेला डा ढकालले यस्तो निर्णय लिएका हुन् । उनले आफु अस्पतालको जिम्मेबारी पदमा रहदांसम्म खाली समयमा पनि सरकारी अस्पताल वाहेक अन्यत्र विरामी नहेर्न दोहोराए । उनले भने –अस्पतालको सुधार र विरामीहरुलाई पुर्ण रुपमा सेवा दिनका लागि मैले यो पदमा रहनजेल निजी स्वास्थ्य संस्थामा सम्लग्न हुने छैन । बुटवलमा रहेको पश्चिम क्षेत्रकै महत्वपुर्ण सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालले क्यान्सर विरामीको उपचार सेवा विस्तार गर्ने तयारी थालेको छ । मेडिक हवका रुपमा चिनिदै गएको बुटवलमा क्यान्सर रोगको उपचार भने छैन । त्यसका लागि पनि चितवनको क्यान्सर अस्पतालसंग सहकार्य गरेर उपचार विस्तार गर्ने सोचमा रहेको अस्पतालका मेसु डा ढकालले बताएका छन् । उनले त्यसका लागि आन्तरिक गृहकार्य भैरहेको बताए । दुई दिन अघि मात्र प्रादेशिक अस्पतालको टोलीलले चितवनस्थित क्यान्सर अस्पतालको स्थलगत भम्रण समेत गरेको छ । अस्पतालको मेसु ढकालको नेतृत्वमा अस्पतालका विभागिय प्रमुखहरुसंहितको प्रतिनिधि मुलक भ्रमण दलले क्यान्सर अस्पतालको उपचार प्रक्रिया देखि अन्य प्राविधिक विषयमा जानकारी लिएर फर्किएको छ । अस्पतालको भौतिक पुर्वाधार देखि सेवा विस्तारका काममा सरोकारवाला पक्षसंग सहकार्य गरेर अघि बढ्ने अस्पतालले बताएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij