बागमतीको मुख्यमन्त्री बन्दै पाण्डे, आजै तीन मन्त्रीको शपथ

बागमतीको मुख्यमन्त्री बन्दै पाण्डे, आजै तीन मन्त्रीको शपथ

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छन् ।

मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने तयारी छ । पहिलो चरणमा आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ । माओवादी केन्द्र उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने निश्चित भएको हो ।

मोक्तान आर्थिक मामिला, भँडेल भौतिक पूर्वाधार र खनाललाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिने तयारी छ । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij