काठमाडौं – जर्मन कम्पनी फाइजरले आफूले बनाएको कोरोनाविरुद्धको औषधि पनि निकै प्रभावकारी देखिएको दाबी गरेको छ । कोरोना विरुद्धको एन्टी भाइरल औषधिको प्रयोगले अस्पताल भर्ना हुनुपर्ने तथा मृत्यु दर ९० प्रतिशत कम गरेको बताएको हो ।
७ सय ७५ जनामा औषधि प्रयोग गरेको फाइजर कम्पनीको औषधि खाएकाहरुमा एक महिनापछि अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने खतरा ८९ प्रतिशत कम पाइएको जनाएको हो । फाइजरका वैज्ञानिक अधिकृत माइकल डोल्स्टेनले कोरोनाबाट हुने मृत्युको खतरालाई शत प्रतिशत जोगाउने र आम रुपमा ९० प्रतिशत प्रभावकारी औषधि बनाउन सफल भएको दाबी गरेका छन् ।
कोरोनाको खोप नलगाएका तर अस्पताल भर्ना गर्नुपर्ने गरी कोरोना संक्रमणको लक्षण भेटिएका मुटु तथा चिनी रोगीहरुमा फाइजरको औषधि प्रयोग गरिएको जनाइएको छ । संक्रमणको लक्षण देखिएको ३ देखि ५ दिनपछि औषधि खुवाउन शुरु गरिएको र ५ दिनसम्म औषधि खुवाइएको पनि कम्पनीले जनाएको छ ।
संक्रमण भएको ३ दिनभित्रै औषधि खुवाइएका मध्ये १ प्रतिशतभन्दा कमलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको र औषधि लिएको २८ दिनसम्म एक जनाको पनि मृत्यु नभएको पनि कम्पनीको दाबी छ । ढिलो उपचार सुरु गरिएकाहरु मध्ये ७ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको र सातैजनाको मृत्यु भएको भनाइ कम्पनीको छ । कम्पनीले ट्रायलको सबै कागजात अमेरिकी खाद्य तथा औषधि विभागलाई उपलब्ध गराउने भएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्