प्रधानसेनापति शर्माद्वारा भारतका रक्षा मन्त्री, विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट

प्रधानसेनापति शर्माद्वारा भारतका रक्षा मन्त्री, विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट

काठमाण्डाै – भारतकाे औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी प्रभुराम शर्माले विभिन्न भारतीय पदाधीकारीसँग भेट गर्नुभएकाे छ । प्रधानसेनापति शर्माले आज बिहीवार भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

शिष्टाचार भेटपछि आज नै प्रधानसेनापति महारथी शर्माले नयाँ दिल्लीमा रहेकाे नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गर्नु भएको थियो । उहाँलाई त्यस अवसरमा कलेजको ‘वाल अफ अनर’ बाट सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्मा याे सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने यस कलेजका अल्मुनीहरूलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन् २०१३ मा यस कलेजबाट नेशनल डिफेन्स काेर्स (एनडीसी) गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij