२४ घण्टामा ३ सय ९७ जनामा कोरोना सङ्क्रमण, ३ सय ८९ जना निको

२४ घण्टामा ३ सय ९७ जनामा कोरोना सङ्क्रमण, ३ सय ८९ जना निको

काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर तीन सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५८ अर्थात् तीन सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका तीन सय ९७ सहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार चार सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा तीन सय ८९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ९७ हजार चार सय ४८ पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६९ पुगेको छ ।

अहिले नेपालमा सात हजार चार सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै खोप अभियान सुरु भएदेखि अहिलेसम्म एक करोड ६३ लाख ३१ हजार तीन सय ६६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij