प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ ।

देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर ६ गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसले आगामी २४-२६ मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij