काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ ।
शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
६ टोली सहभागी छनोटमा यूएई लगातार चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ । नेटरनरेटमा पनि नेपालभन्दा यूएई केही अघि छ ।
यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्नेछ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
यस्तै नेपाल समान ६ अंक जोडेर तेस्रो स्थानमा रहेको हङकङले आजै कुवेतसँग खेल्नेछ र कुवेतलाई हराएमा हङकङको पनि ८ अंक हुनेछ । नेपाल र हङकङ दुवै विजयी भएको अवस्थामा तीन टोलीको समान अंक हुनेछ र नेटरनरेट निर्णायक बन्नेछ । हङकङ र कुवेतबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब छ । यही नेपालले यूएईलाई पराजित गर्न नसके नेपालले छनोटमा दोस्रो हुनेमध्ये उत्कृष्ट दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसरसमेत गुमाउनेछ ।
समान २ अंक जोडेका मलेसिया, भुटान र अकविहीन रहेको कुवेत भने छनोटबाट बाहिरिसकेका छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्