भारतबाट नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

भारतबाट नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

काठमाडौं : भारतबाट कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ। भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आज आउन लागेको हो।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए। यस्तै मंसिर २२ गते कोभ्याक्समार्फत ६ लाख मात्रा खोप आउने पनि उनले जानकारी दिए।

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ। अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखा प्रमुख ढुङ्गानाले बताए।

यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो। ढुङ्गानाका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लाख ९६ हजार मात्रा खोप आइसकेको छ। सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ।

प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij