JanataToday.com

Advertisment

SKIP THIS

भोलीदेखि बुटवलमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता

भोलीदेखि बुटवलमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता

बुटवल– भोली बिहीबारदेखि बुटवलमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७८ संचालन हुन लागेको हो ।
‘घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ बुटवल देवीनगर नविन औद्योगिक कदर बहादुर रिता माविको प्रांगणमा हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन भोली विहान ११ बजे बुटवल उपमहानगरपालिकी उपमेयर गुमादेवी आचार्यले गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा देशभरका पालिकाहरुबाट सहभागिता रहने प्रतियोगिता संयोजक अर्जुन घिमिरेले बताए । बेनी नगरपालिका, भिमदत्त नगरपालिका, कैलाली गाउपालिका, तिलोत्तमा नगरपालिका, कोहलपुर नगरपालिका, चिंगढ गाउपालिका, टिकापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र गोदावरी नगरपालिका गरी १० वटा पालिकाहरुको नाम दर्ता भइसकेको उनले बताए ।
प्रतियोगिताको लागि सम्पुर्ण तयारी पुरा भइसकेको र प्रतियोगिता २५ गतेसम्म संचालन हुने विकास समितिका सदस्य प्रेम बहादुर बस्नेतले बताए । प्रतियोगितामा प्रथम हुने समूहले १ लाख पचास हजार नगद सहित सिल्ड मेडल र प्रमाण–पत्र, द्वितीय हुने समूहले ७५ हजार नगद सहित सिल्ड मेडल र प्रमाण–पत्र, तृतीय हुने समूहले ३५ हजार नगद सहित सिल्ड मेडल र प्रमाण–पत्र र सान्त्वना हुने समुहलाई १५ हजार नगद सहित प्रमाण–पत्र पाउने आयोजक संस्थाका अध्यक्ष नन्द बहादुर काउछाले बताए । महिला खेलाडीहरुको अभाव भइरहेको अवस्थामा महीला खेलाडीहरुलाई प्रोत्साहनका साथै दक्ष महिला खेलाडी उत्पादन गर्ने उदेश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij