नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै मुलुकले ओली शासनबाट मुक्ति पाएको बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार आयोजित पार्टीको १४औँ महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले त्रास र भयमुक्त शासनलाई बचाउने कि नबचाउने भन्ने कुरा सङ्घारको पार्टी महाधिवेशनले तय गर्ने उल्लेख गरे।
‘अहिले देशले त्रास र भयको शासनबाट मुक्ति पाएको छ,’ प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘म धेरै कुरा बोल्दिनँ, मलाई जिताउनुभयो भने ओलीको जस्तो शासनबाट देशले सधैँ मुक्ति पाउँछ।’
अबको चुनावमा तीनै तहको सरकार काङ्ग्रेसको बन्ने दाबी गरेका उनले त्यसका लागि आफूलाई भोट दिनुपर्ने शर्त राखे । ‘गाउँदेखि माथिसम्मको सरकार बनाउने मेरो जिम्मा भयो,’ उनले भने, ‘यसका लागि म सभापति बन्नुपर्छ . सभापतिमा मलाई भोट दिनुस्, सरकार बनाउँछु, बनाउँछु ।’
स्थानीयदेखि केन्द्रसम्मको सरकार आफूले बनाएरै छाड्ने ६ पटक दोहोर्याएका प्रधानमन्त्री देउवाले आफूलाई एकपटक जिताउनैपर्ने बताए । अत्यन्त छोटो बोलेका उनले पार्टीमा भएका समस्यालाई समाधान गरेर अघि बढ्ने दृढता व्यक्त गरे ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्