सरकारले भन्यो- ओमिक्रोन फैलन सक्छ, सतर्कता अपनाउनू

सरकारले भन्यो- ओमिक्रोन फैलन सक्छ, सतर्कता अपनाउनू

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन नदिन सर्तकता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकालाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ परीक्षणको दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकामा ‘प्रोटोकल’ अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायतका निर्देशन दिएको छ ।

त्यस्तै भाइरसका नयाँ–नयाँ भेरियन्ट आउन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न तथा भिडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिवद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्वतयारीमा रहन मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : आइतबार, पुष १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij