ओमिक्रोनलाई कमजोर नठानाैँ- विश्व स्वास्थ्य संगठन

ओमिक्रोनलाई कमजोर नठानाैँ- विश्व स्वास्थ्य संगठन

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को ओमिक्रोन भेरियन्टलाई नजरअन्दाज गर्न नहुने बताएको छ । ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भइरहेकोले यसलाई नजरअन्दाज गर्न नहुने बताएका हो ।

नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले बताएका छन् । ‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ । यसको अर्थ यो होइन कि यसलाई हल्क भनेर वर्गीकरण गर्नु हुदैन्,’ घिब्रिससले भने ।

अन्य भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उनको भनाई छ । ‘यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,’ उनले भने । ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उनको भनाई छ ।

डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । ‘खोप लगाएका मानिसमा डेल्टाको तुलनामा ओमिक्रोन कम घातक रहेको पाइएको छ तर यसलाई ‘माइल्ड’ नै भनेर वर्गिकरण गर्न मिल्दैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने, ‘पहिलाका भेरियन्टजस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij