बुटवल-नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले पार्टीको आन्तरिक प्रतिश्पर्धालाइ भुलेर अव अन्य दलसंगको प्रतिश्पर्धाकालागि तयारीमा जुटनु पर्ने बताएका छन । आइतबार बुटवलमा सम्पन्न रुपन्देही क्षेत्र नं. २ (क) को नवनिर्वाचित नेतृत्वको पद हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश सभापती पुनले पार्टीको आन्तरिक प्रतिश्पर्धालाइ स्वभावि रुपमा लिदै एक ढिक्का भएर अन्य दलसंगको प्रतिश्पर्धाकालागि तयारीमा जुट्न आग्रह गरेका हुन ।
नेता पुनले विधि बिधान मिचेर गरीने गतीविधिले सिंगो पार्टीलाइ कमजोर बनाउने भन्दै काँग्रेसलाइ बलियो बनाउन केन्द्रै देखि वडा तह सम्मका नेतृत्वले बिधि र पद्यतीमा आफुलाइ हिडाउनु पर्नेमा जोड दिए । विधि र पद्यतीमा रहेर पार्टी गतिविधि संचालन गर्न आग्रह गर्दै उनले नेतृत्वले गलत गरे कार्यकर्ताले सचेत गराउनु पर्ने पनि बताए ।
आम निर्वाचनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउने दायित्व सबै नेता कार्यकर्ताको भएको भन्दै उनले प्रदेसका ५२ वटै निर्वाचन क्षेत्रमा तयारी स्वरुप प्रतिनिधिहरु खटाइने बताए । पार्टीलाइ थप बलियो र सृदृढ बनाउन चार बर्षे कार्ययोजना निर्माण, तथ्याङ्कहरुको अभिलेखीकरणकालागि सफ्टवेयर निर्माण जस्ता तयारीहरु प्रदेश समितिले गरीरहेको जानकारी दिए । रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापती हरि लम्सालले बिधि र पद्यती भन्दा बाहिर जाने छुट कसैलाइ नभएको भन्दै नेता कार्यकर्ता सबै एक ढिक्का भएर पार्टीलाइ बलियो बनाउन लाग्नु पर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगर समिति सभापती खेलराज पाण्डे, तिलोत्तमा नगरसभापती हरिलाल पाण्डे, रुपन्देही क्षेत्र नंं.२ (क)का सभापती खडगबहादुर महत,बुटवल ११ का वडा सभापती जीतबहादुर मल्ल,तिलोत्तमा ३ का वडा सभापती केशरी पाण्डे,मुक्ति अधिकारी,राममाया पौडेल लगायतले बोल्दै अवको निर्वाचनमा काँग्रेसलाइ पहिलो बनाउन सबै जुट्नु पर्नेमा जोड दिए । रुपन्देही २ (क)का नवनिर्वाचित सभापती खडगबहादुर महतलाइ निर्वतमान सभापती माधवलाल देवकोटाले पद हस्तान्तरण गरेका हुन
प्रकाशित मिति : आइतबार, पुष २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्