काठमाडाै – नेपालमा पछिल्लो चाैबीस घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १९८१ र ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६३ जना गरि कुल २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हाे ।
नेपालमा हाल ९ हजार ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ । निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६०७ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १ लाख ८० हजार ४५७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्