काठमाडौं – कोभिडविरुद्धको झण्डै १२ लाख डोज भेरोसेल खोप चीनबाट आज काठमाडौं आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९ सय २७ मात्रा खोप प्राप्त गरेको विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २ सय १० मात्रा खोप लगाएको छ । जसमा लक्षित समूहले ७६ दशमलव २ प्रतिशतले एक मात्रा र ५६ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्