काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा ६१३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ७८ जनाको पीसीआर परीक्षणबाट ९ हजार ५०२ र ५ हजार ३३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ८५० जना गरी जम्मा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् । पछिल्लो चाैबीस घण्टामा भने ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।
प्रकाशित मिति : बुधबार, माघ ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्