प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते, एमालेको नाराबाजी कायमै

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते, एमालेको नाराबाजी कायमै

काठमाडौं – प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।

प्रतिनिधिसभा बैठक सुरू भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे ।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।

आजको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठबन्धनको मत एक नहुँदा गठबन्धनबीच आज पेस नगर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij