काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप १ हजार २७२ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ५० हजार ५६ पुगेको छ । हाल संक्रमणमुक्त हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ३ हजार ३५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १५२ जना गरी कुल ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १३ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९१७ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ७ लाख ६९ हजार ५७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्